South Asians for Human Rights

Promoting Democracy, Upholding Human Rights

Human-Rights-Team-Bhairhawa (5)

– नरेश केसी
भैरहवा, २८ पुस । साउथ एशिया फर ह्युमन राईटको अन्तराष्ट्रिय मानवअधिकार टोली रुपन्देहीमा आएको छ ।

श्रीलंकाको कोलम्बोमा प्रधान कार्यलय रहेको सो टोलीले रुपन्देहीका उद्योगी व्यापारी, समाजसेवी, नागरिक अगुवा, प्रशासन तथा प्रहरी प्रमुख आन्दोलनरत मधेसी मोर्चाका नेता, सञ्चारकर्मी तथा मानवअधिकारवादीहरुसंग अन्तरक्रिया गरेको छ ।

दक्षिण एशियाली मानवअधिकारवादी टोलीसंग अन्तरक्रिया गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले नाकाबन्दी र मधेस आन्दोलनका कारण भैरहवा क्षेत्रमा मात्रै १८ अरब नोक्सानी भएको जनाए । अध्यक्ष शर्माले नाकाबन्दी र मधेस आन्दोलनले यस क्षेत्रका नागरिकको स्वतन्त्रपुर्वक कानुनसंगत ढंगले उद्योग व्यवसाय गर्ने अधिकार हनन भएको भन्दै टोलीको ध्यानाकर्षण गराएका थिए ।

Human-Rights-Team-Bhairhawa (1)

सोही कार्यक्रममा वरिष्ठ पत्रकार दिलीप भट्टराईले भारतीय पक्षले जे जस्तो गरि केही मधेसी दललाई सहयोग गरेर सारा नेपालीमाथि दुःख दिने काम गरेको छ त्यसले भारतीय पक्ष मानवअधिकारको सबालमा अत्यन्त दुर्बल देखिएको भन्दै भारतीय नाकाबन्दीले नेपालीहरुको जनजीवनमा समस्या पैदा गरिरहेको जनाए ।

नागरिक अगुवा विजय सागरले मधेसी मोर्चाको नेतृत्व गर्ने आन्दोलनकारीले आफूलाई दोस्रो दर्जाको नागरिक भएको भन्दै आम सर्वसाधरण जनतालाई भ्रमपूर्ण रुपमा प्रचारबाजी गर्दै उक्साउदै हिडेको प्रति खेद व्यक्त गर्दै जुन समुदायका मान्छे नेपालको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्याधीश र गृहमन्त्री भइसके त्यस्ता व्यक्ति कसरी दोस्रो दर्जाका नागरिक हुन सक्छन् भनी मानवअधिकारवादीसंग जिज्ञासा राखेका थिए । डा. रामबरण यादव, परमानन्द झा, विजय गच्छादारहरु पनि मधेसी समुदायको नागरिक भएको जनाउदैं उनीहरु राष्ट्रको सर्वोच्च निकायमा भइसकेकोले मधेसी मोर्चाले दोस्रो दर्जाको नागरिक भइयो भनेर गुनासो गर्नुको औचित्य नभएको सागरको जिकिर गरेका थिए ।

Human-Rights-Team-Bhairhawa (2)

उक्त अवसरमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगानाले मधेस आन्दोलनका क्रममा मानवअधिकारवादी र पत्रकारको खोल ओढेर केही व्यक्ति परिचालन भएको जनाउदैं व्यवसायिक मानवअधिकारवादी र पत्रकारलाई त्यसले समस्या पारेको जनाए । अध्यक्ष ढुंगानाले आन्दोलनको कारण जातिय र क्षेत्रीय द्वेषको सृजना गरेको भन्दै अहिले पनि स्वतन्त्रतापुर्वक समाचार संकलनमा असहज स्थिती भइरहेको जनाए ।

एडभोकसी फोरम रुपन्देही अध्यक्ष शिव गौडेलले आपसी भाइचारा र सद्भाव अत्यन्तै सबल भएको रुपन्देहीमा भदौ ३ गते र सो दिन पश्चातका घटना तथा प्रदर्शनले यहांको समाजमा मधेसी र पहाडियाको भावना सृजना गरेको जनाए । अध्यक्ष गौडेलले अनाहका ६ जना मान्छेको ज्यान गएको जनाउदैं मधेसी मोर्चा र त्यसको प्रतिकारमा उत्रेको स्थानिय समुह दुबैले मानव अधिकारको उल्घंन गरेको ज
नाए ।

Human-Rights-Team-Bhairhawa (3)

सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव भिष्म न्यौपानेले भारतकै कारण मधेसमा आगो झोसिएको तर्क गर्दै केही वर्ष अगाडी मेची भन्सार अगाडीको दशगजामा भुटानी शरणार्थीले प्रदर्शन गर्दा भारतले लखट्ने तर त्यहि प्रकृतिको आन्दोलन मधेस मोर्चाले गर्दा सहयोग मात्रै होइन खाना पनि खुवाउने यो के ताल हो भनी भारतीय गलत प्रवृतिको विरोध गरे ।

कार्यक्रममा आनन्द खनालले अहिले तराईको अवस्था अत्यन्तै नाजुक रहेको जनाएका थिए भने नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्त कुमार शर्माले भारतीयहरुको रबैयाको कारण नेपाल भारत मित्रतामा पनि दरार आउने संकते गरेका छन् ।

Human-Rights-Team-Bhairhawa (4)

त्रिभुवन विश्वविद्यालयका जनसंख्या विषयका प्राध्यापक केशब शर्मा बेलबासेले शान्तिका दूत बुद्ध जन्मस्थल लुम्बिनीको विषयमा गलत प्रचार गर्ने मोदी सरकारले २, ४ जना निहीत स्वार्थ बोकेका मधेसी नेताको पछाडी लागेर ३ करोड नेपालीमाथि खेलबाड गरिरहेको जनाए । शर्माले नेपालको संसदमा आएर बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने मोदी विदेशमा गएर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने अभिप्राय दिएसंगै उनको झुटको खेती शुरु भएको जनाउदैं मोदीको इशारामा मधेसमा नेपाललाई विखण्डीत गर्ने तरिकाले आन्दोलन चलेको समेत जनाए ।

Human-Rights-Team-Bhairhawa (7)

उद्यमी विदुर ढुंगानाले मधेस आन्दोलनको नाममा चन्दा आतंक मच्चिएको जनाउदैं त्यलाई तत्काल रोक्न आग्रह गरे । सो अवसरमा कुलप्रसाद न्यौपानेले मधेसी मोर्चाका स्थानिय नेताहरुले रुपन्देहीमा मानव अधिकारको धज्जी उडाएको भन्दै गरेर खाने वातावरण बनाईदिन अधिकारवादीसंग आग्रह गरेका थिए ।

कार्यक्रममा साउथ एशिया फर ह्युमन राइटका निर्देशक दिक्षा हलाङ्गसिङघे (श्रीलंका), डा. मेहाना गुहायकुराय (बंगलादेश), मोहमद लाथिफ (माल्दीभ्स), जोतिन देशाई (भारत), अमृत गिरी र कृष्ण गौतम (इन्सेक नेपाल) र टिकाबहादुर कुवंरको सहभागिता रहेको थियो ।

Human-Rights-Team-Bhairhawa (6)

अधिकारवादीहरुले मंगलबार नै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, रुपन्देहीका प्रहरी प्रमुख बुद्धिराज गुरुंग, शसस्त्र प्रहरीका प्रमुख गणेश संग्रौला, आन्दोलनरत मधेसी मोर्चाका नेताहरु ओमप्रकाश यादव, महेन्द्र यादव, मोहमद इश्लाम लगायत सीमावर्ति बेलहियाबासीसंग पनि अन्तरक्रिया गरेका थिए । यसैगरी अधिकारवादीको टोलीले नेपाल भारत सीमावर्ति क्षेत्र बेलहिया सुनौली दसगजाको पनि निरीक्षण गरेको छ ।

एशियन मानव अधिकारवादीको टोली सोमबार विरगन्ज नाकाको निरीक्षण र त्यस क्षेत्रमा अन्तरक्रिया गरी मंगलबार भैरहवा आएको हो । सो टोली बुधवार काठमाडौंमा सरोकारवालास
ंग भेटघाट गर्ने र केही दिनमा आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने बुझिएको छ ।

Source: http://dainiknepal.com/